झापा,फागुन ११ । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको सतासीधाममा विहीबार
साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ
आउँदैगरेको को १ ख ३६६५ नम्बरको ट्रकले सतासी ५ मा ठक्कर दिँदा
सोलुखुम्वुको सोताङ ९ का ४० बर्षीय सहवीर राईको ज्यान गएको गएको हो । साँझ
साढे छ बजेतिर बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका
राईलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएकोमा उपचारकै क्रममा
ज्यान गएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा छन्