आज मिति २०६९ साल फागुन महिनाको १३ गते
आइतबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले पूर्वयुवराज पारस
शाहको अबस्था झन जटिल हुँदै गएको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका
छन् । कान्तिपुर दैनिकले प्रधानन्यायाधीशलाई अन्तिम आग्रह गरिने शीर्षकमा
प्रमुख समाचार छापेको छ । नयाँ पत्रिका दैनिकले आज सहमति नभए जेठमा चुनाव
नहुने भन्दै प्रमुख समाचार छापेको छ ।
