![]() | |
Tiger love camera |
जिम्बाबेमा हालै एक फोटोग्राफरले एक यस्तो अद्धितिय
दृश्य कैद गरेका छन् जसमा एक पोथी सिंहले सिकार छाडेर क्यामरा खेलाइरहेको छ ।
अमेरिकी फोटोग्राफर एड हेथरिंगटनले जिम्बाबेको जंगलमा यस्तो दृश्य कैद गरेका हुन् ।
उनले सिंहको क्लोजअप तस्वीर लिनका लागि सिंहले केही समयअघि मारेको भैँसीको नजिकै
लगेर आफ्नो स्वचालित क्यामरा राखेका थिए ।
सिंहका
बथान आएर त्यस भैँसीको सिकार मज्जाले खाएको दृश्य उक्त क्यामरामा कैद हुने आशा
उनलाई थियो । तर त्यस्तो भएन । एउटा पोथी सिंहले त्यो भैँसीको मासु खान छाडेर उल्टै
सोही क्यामरासँग खेल्न थाल्यो र मुखमा च्याँपेर यताउती डुलायो पनि । त्यो अनौठो
क्षणलाई एडले आफुसँग भएको अर्को क्यामरामा कैद गरे । हेरौँ सिंहको क्यामरामोह: