फेसबूक कुमारी आज्ञा गर्नु हुन्छ -' हे ज्ञानी गुणी भैरे मुनी मैले सबै
अध्याय सुनाए अब के सुन्छौ' भनी भन्दा
भैरे भन्नु हुन्छ - '३ बच्चा कि आमाले पनि छोटो स्कट नामको वस्त्र धराण गरी
पार्ट्रिमा गएको अनी माइलो काजी सँग भेट भएको कुरा बिस्तारीत रुपमा बताई
दिनु हुन्छ' कि भनेर भन्दा फेसबूक कुमारी भन्नु हुन्छ-'
हे ३२ वर्षे वृद्ध बालक त्यस्तो खास नौलो कुरा केही हैन अब वस्त्रको कुरा
गर्नु पर्दा कथाले मागे जती नै लाउने हुन सुकुमारी कन्या हरुले त्यहा भन्दा
लामो वस्त्र किन्न नि महँगो हुने भएको हुँदा ५ फिट ७ ईन्च अग्ली ति
सुन्दरिले ५ इन्चको स्कट लगाउदा के आपत्ति थियो र निहुरिन नहुने मात्र त हो
नि नत्र छोप्ने चिज छोपेकै थिन ,निउरिदा मात्र त हो नछोपिने हो नि ! तर
भगवान हरुको स्वर्ग पापिको नर्क बिना अधुरो भए जस्तो समाजमा सबै भद्र भए
फटाहा उत्ताउला नभए कसरी छुट्याउने त्यही समस्याले गर्दा सत्ययुग बाटै चली
आएको परम्परा धाने कि हुन ति कन्याले खुला पैसा न नाङो आईमाई नहेर्ने यो
संसारमा कुन चै परपुरुश छन र ??
त्यही सत्यतालाई थाम्दै माइलो काजी पनि त्यो पार्टिमा
प्रवेश गरेका थिए अब अगेनाको छेउमा घिउ राखेर नपग्ली है भन्दा घिउ कहाँ
मान्थ्यो र काजी को छेउमा त्यती छोटो लुगा लाएर बसेकी सुकुमार कन्यालाई
देख्दा मनमा हलचल हुनु त सबैलाई स्वाभाविक नै हो नि ! जब खाना खान लाई
काँटा र चम्चा हातमा लिन्थे अनी जानी जानी भुइमा खसालेर टिप्ने बाहाना
बनाउदै घरी घरी ति नै सुकुमार कन्या को स्कट मा आँखा पुराउथे काजिले खाना
को मस्त धुनमा ति कन्या लाई केही थाहा हुँदैन थियो त्यो काजी काँटा चम्चा
चलाउनै नजान्ने रहेछ भनी फेसबूक हो वालामा हल्ला गर्दै हिनेकी हुन वास्तविक
कुरा उन्ले बुझेकै थिनन ।
यती भनी फेसबूक कुमारी अन्तरध्यान हुँदा भए ।
इति स्कंदे पुराणे केदार खन्डे महात्माग्स्ते सम्बादे सुमारकुमारी छोटो
वस्त्र धराणमा अन्तिम अध्याय ।।