लोडसेडिङ दिनमा दुई घण्टाले घट्यो (तालिकासहित)
माघ १९ - नेपाल विद्युत प्राधिकरणले आउँदो आइतवारदेखि घोषित रुपमै लोडसेडिङ दिनमा दुई घण्टाले कम गर्ने भएको छ ।

प्राधिकरणले आउँदो आइतवारदेखि दैनिक १२ घण्टा लोडसेडिङ हुने तालिका शुक्रवार सार्वजनिक गरेको छ ।
अहिले दैनिक १४ घण्टा लोडसेडिङ हुँदै आएको छ । भारतबाट विद्युत आयातमा
सुधार आएको र सुर्यास्तको समय परिवर्तन भएकाले लोडसेडिङ दिनमा दुई घण्टाले
कम गरिएको प्राधिकरणले जनाएको छ ।