Gazal Kopila

हुने खानेलाई सधैंभरि खिर भो जिन्दगी - गजल

Resham Bohora
हुने खानेलाई सधैंभरि खिर भो जिन्दगी
हुँदा खानेलाई रोटि पोल्ने झिर भो जिन्दगी
कसैलाई तरबार भयो कसैलाई दरवार
माझी दाइलाई त्रिसुलिको तीर भो जिन्दगी
दुखियालाई घोटीएर बाँच्नु पर्ने सधैँ
कैले सम्म मैदान कैले भिर भो जिन्दगी
फेरिन्छ नै भन्थे एकदिन गरिबको चोला
हातमुख जोर्न सधै यहाँ पिर भो जिन्दगी
काम- माम नपाएर इमान बेच्नु पर्दा
प्रवाशमा निहुरिएको शिर भो जिन्दगी

गजलकार
रेशम बोहोरा

धादिंग हाल बहराइन

Swarthi Sansar Yastai Ho By Bishnu Majhi, Puskal Sharma & Sharan Lamsal || Download Full Song


Song Title:- Swarthi Sansar Yastai Ho
Vocal:- Bishnu Majhi Puskal Sharma and Sharan Lamsal
Laya/ Sabda:- Santosh K Bastola
CRBT:- 0160033807 PRBT:- 60540623
Market by Gorkha Chautari music pvt




बिष्णु माझी र पुष्कल शर्माको उत्कृष्ट स्वर, सन्तोष के. बास्तोलाको उत्कृष्ट लय तथा शब्द सृजनामा सरण लम्सालको बिल्कुलै नयाँ लोक दोहोरी गीत “स्वार्थी संसार यस्तै हो”
CRBT:- 0160033807
PRBT:- 60540623
Lyrics:- हेर्दै हेर्दै ति तिम्रा आँखामा , मर्ने मन थ्यो मायाकै काखमा,…
 स्वार्थी संसार यस्तै हो भन्नु पर्यो सानु,
तिम्रो मान्छे बन्नलाई चाहेर नि सकिन बाध्यताले पराइको बन्नु पर्यो सानु …..


अन्धो माया गरेको रहेछु ।

एउटा सानो गाउमा दुई
जना प्रेमी,प्रेमिका-थिए ।
प्रेमीको नाम थियो सुमन र
प्रेमिकाको नाम थियो कालि ।*
अप्सोच
कालिको आँखाको रोसनि थिएन । यि दुई
प्रेमी,
प्रेमिका एक आपसमा धेरै
माया गर्थे ।
यति सम्म कि एक पल पनि छुटिएर
टाढा बस्न सक्दैन्थे ।
सुमन आफ्नो कालिको साह्रै ख्याल
गर्थो । याँहा सम्म कि कलिलाई खान
खुवाउने, नुहाइदिने, कपडालगाई दिने
ईत्यादि ।
एक दिन कालि आफ्नो प्रेमी सँग भनी
" सुमन म तिमीसँग विवाह गर्न
चाहान्छु, मलाई अरु केही पनि चाहिदैन ।
तिमी भए पुग्छ,
जिवन् भरी यसरी नैतिम्रो साथ पाए भने म हरेक
दु:ख, शुख
हासी हासी काट्नेछु ।
तिमी बिना म मेरो जिवनको कल्पना सम्म
गर्न
सक्दिन । तिमीनै
मेरो आँखाको रोसनि हौ ।"
यि सबै कुरा सुनेर सुमनको मन साह्रै
खुशी भयो, अनी भन्यो
" काली तिमी बाहेक
मेरो पनि यो संसारमा को नै छ र ?
तिमी नै हो मेरो आफ्नो भने
पनि पराई भने पनि ।
म पनि तिमी बिना एक पल
पनि जिउन सक्दिन, तिमीनै
हौ मेरो अतित, तिमी नै हौ मेरो बर्तमान

तिमी नै हुने
छौ मेरो भविष्य ।"
एक दिन अचानक कलिलाई
कसैबाट दुईवटा आँखा मिल्यो ।
आँखा खोली हेर्दा त
आफ्नो अगाडि एउटा अन्धो मान्छेलाई
देखि ,त्यो अन्धो मान्छे अरु
कोही नभैइ सुमननै थियो
कालि अचम्म मान्दै एकोहोरो टोलाएर
हेरी मात्रा रही ।
अनी सुमन भन्छ : बिहे गर्छौ म सँग कालि ?
कालि : सरी, सुमन म तिमीसँग बेहे गर्न
सक्दिन ।
तिमी त अन्धो पो रहेछौ ।
तिमीले मलाई कसरी पाल्न सक्छौ र?
यि सबै कुरा सुनेर सुमन को साह्रै चित्त
दु:खयो र आँखा भरी आसु पारेर
सानो कपिको पानामा
मेरी प्यारी मुटुको धडकन कालि
मिठो सम्झना
अनी न्यानो माया
कालि, तिमी जहाँ छौ, त्यही सधैं
खुशी हुनु ।
तिम्रो जीवनमा कहिल्यै पनि दु:खले
बास नगरोस । तिमी त म
बिना पनि बाँच्न सक्दिरहेछौ तर म
तिमी बिना बाँच्न
सक्दिन त्यसैले म यो संसारलाई छाडेर जादैछु र
अन्त्यमा मैले तिमीलाई उपहार
दिएको मेरा ति दुई आखाँको सधै जतन गर्नु
गुड बाई ।।
उहिँ तिम्रो सुमन

मेरो माया दोषी कि म दोषी

उनि मलाई अत्यन्तै माया गर्थिन ,
म सोच्थे कि त्यो धेरै नै हो ..हद हो !
उनि मलाई भगवानले नै
उनको लागि पठाएको झैँ
गर्थिन ,
...तर म उनलाई घृणा गर्थे,
बेवास्ता गर्थे
समस्या मेरै घमण्ड रहेछ ..!
मैले उनलाई भने,-"तिमि
मलाई छोड
ममा तिम्रो कुनै अधिकार छैन ;
उनले भनिन ,"किन ??"
मैले भने :"तिमीलाई म
रत्तिभर माया गर्दिन ..!
मलाई तिम्रो मतलब छैन ..
तिमि को हौ र म तिमीलाई
वास्ता गरौँ ???"
त्यसपछि,उनि गइन र
आइनन कहिल्यै फर्केर .....
..
मैले उनलाई चिन्न सकिन,
बुझ्न सकिन, जतिबेला म
उनीलाई सजिलै पाउथे ..!
तर आज उनैको
आवश्यकता महशुस गर्दैछु .........।

गजल

प्रिय तिमिले मलाई धोका दिए पछि  गयौ ।
समालिएको मेरो मुटु लिए पछि गयौ ।

ऐना सरि मेरो हृदय  चकनाचुर पारी ।
च्यात्तिएको मेरो मन नत सिए पछी  गयौ ।

प्रेम मा अमर हुने सपना बिलायो आज ।
पल पल मारी टुक्राटुक्रा पारी दिए पछि गयौ ।

वैंश त यस्तो होस् फूलले तिमीसित सापट मागोस्

(एक) गजल
वैंश त यस्तो होस् फूलले तिमीसित सापट मागोस्, 
 पूर्णिमाको जून पनि लाज मानी टाढा कतै भागोस्, 
छ्यौ तिमी पनि त्यस्तै र त मनमा अनेक कुरा खेल्छन्, 
सोचें मैल नि सोच्न हुने नहुने,
लागे बरु पापै लागोस् ! 
(दुई)
तिम्रो मनलाई धुँदा धुँदा धोवी भएँ म,
आफ्नै मनलाई नपखाल्दा रोगी भएँ म,
उपचारमा धाएँ धेरै
तिम्रो दिलको क्लिनिक धाउँदा धाउँदा
आज हेर जोगी भएँ म !

म मेरै आईडी बनाएर तपाईलाई ऐड गर्छु नि हुन्छ.. ...........

भर्खर भर्खर  मैले पनि मिग भन्ने सोशल एप्प्स चलाउन थालेको थे| कुरा मंसिर को कुनै रात को करीब १२ :३० तीरको हो।  मैले कैलेपनी च्याट रूममाँ प्रबेस गरेको थिन र आज प्रबेश गर्न मन लाग्यो अनि नेपाली युबा युबती भन्ने च्याट रूम माँ प्रबेश गरे।  चाट रूम माँ धेरै साथी हुदोरैछन् था थिएन तत्तिकैमा कतैबाट  प्राइवेट  चाट को ऑफर आयो। मैले रिक्वेस्ट एक्सेप्ट गरे, अनि तुरुन्तै  Massage आयो हाई तिमि केटा  हो कि केटी मैजे जवाफ दीदै भने केटा , तिमि कहा बाट हो नि? मैले सोधे अनि  उता बाट फेरी भने म त तनहुँ बाट अनि आफु नि म पनि जवाफ दीदै काठमाण्डू भने मैले तुरुन्तै सोधे यति राति के गर्दै छौ ता मिग मा उसे भनी  मेरो शाथी को भोली बेहे छ तेस्कै तैयारी मा हो।  मलाई बिस्वास लागेन अनि  भने तिमि केटा होला यदि मलाई बिस्वास दिलाउने हो भने यौटा फोटो पठाउन त  उसले फोटो पठाई, फोटो त बब्बाल  रहेछ गाउले  टिप्पिकल कुनै फ़शैन  अनि  सहर को रौनक ले न छोएको मलाई उ संग  फोन मा गफ्फ्  गर्ने चाहना भयो तेसैले अझै बिस्वास नभएको जस्तै पारले भने, कुन केटीको फोटो पठाएको भने उसले मेरै  हो भनि उसो भये मलाई तिम्रो फोन नंबर देऊ त कन्फोम गर्न पर्यो तिम्रो आवाज बाट, उसले केहि समय  लगाएर नंबर दी  ९८१xxxxxxx मैले  तुरुन्तै कल गरे मसिनो आवाजमा भनी अब त  बिस्वास भयो होलानी।  कुरा निकैबेर भई सकेछ करीब १५ मिनट को गफ्फ़ पछि मैले भने अब सुत्ने बेला भएन र ? उता बाट अली छिटो भनि सूतनुस न त मैले छेकेकी छू र भन्दै थीं एसरी बोलेको पनि थी मलाई कता -कता अझै गफ्फ गर्न मन लागेको छ कि जस्तै लाग्दै थियो। फेरी भने आज  धेरै रात भैसक्यो भोली फेरी कल गरौला नि त? उसले भनी हुन्छ। मैले फ़ोन राखेर फेरी मिग खोलें। उ गैसकेकी रैछे मलाई पनि साँच्चै निंद्रा ले मस्त बनाएको थियो।  मैले मोबाइल सिरानी कै  छेउमा राखेर निदाउने प्रयास गर्दै थे फेरी  मोबाइल ले टोन दियो। फोन अघिकै केटीको थियो उसले आफ्नो मसिनो आवाज मा  भनी सुन्नुस न यो मेरो बाबाको मोबाइल हो अनि मिग आईडी पनि बाबाकई हो प्लीज एस्मा फोन नगर्नुस है। मैले भने हुन्छ। ………उसले फेरी भनी म मेरै आईडी बनाएर तपाईलाई ऐड गर्छु नि हुन्छ.. ...........प्रेम कथा 

मधुमेह डाइबिटीज बिरुद्ध सजग बनौं Diabetes

सामान्य अर्थमा मधुमेह भनेको रगतमा चिनी -ग्लुकोज) को मात्रा बढी हुनु हो । कुनै पनि व्यक्तिलाई मधुमेह भएको हो भन्नाका लागि उसको रगतको ग्लुकोजको मात्रा परीक्षण गर्नुपर्छ । बालबालिका र मधुमेह बालबालिकाहरूलाई मधुमेह भयो भन्दा अचम्म मान्नु पर्दैन । हाल बालबालिकामा पनि यो रोग अत्यधिक मात्रामा देखिएको छ । विश्व स्वास्थ्य संघको तथ्याङ्कअनुसार प्रत्येक वर्ष७० हजार बालबालिका -१५ वर्षमुनिका)  मा यो रोग थपिने गरेको छ अर्थात् प्रत्येक दिन करिब २ सय बालबालिका मधुमेहबाट ग्रसित हुन्छन् । त्यसमध्ये करिब एक चौथाइ दक्षिण-पर्ूव एसियामा छन् । यी बालबालिकामा मधुमेह- १ अर्थात् रगतमा इन्सुलिनको मात्रा कम भएको मधुमेह लाग्ने गरेको पाइन्छ । तर थोरै संख्यामा मधुमेह- २ बाट पीडित हुने गरेको पनि पाइएको छ । आफ्ना बालबालिकामा मधुमेह पाइयो भन्दा आमाबाबुमा खिन्नता बोध हुनसक्छ, बालबालिकालाई त नहुने कुरै भएन । मधुमेहबारे थाहा नभएका बालबालिका, आफैंलाई मधुमेह भएको र यो निको नहुने रोग हो भनेर बुझ्दा मानसिक रूपमा खिन्नताबोध हुनु तथा असन्तुलन हुनु स्वाभाविक हो । त्यसैले यस्ता बालबालिकास“ग अभिभावक, परिवार एवं समाज समवेदनशील हुनर्ुपर्छ । मधुमेहका लागि एकता भन्ने नारासाथ विश्व मधुमेह संघ -डब्लुडीएफ) यही सन्देश लिएर यस वर्षो विश्व मधुमेह दिवस मनाइरहेछ । यस्ता बालबालिकालाई रोगबारे तथा यसका असर बारेमात्र जानकारी दिएर पुग्दैन । यस रोगका महत्त्वपर्ूण्ा अङ्ग खाना, व्यायाम तथा शारीरिक तौलमा दिनुपर्ने विशेष ध्यान सम्बन्धमा पनि राम्रोस“ग सम्झाउनर्ुपर्छ । भोक लागेको बेला के गर्ने, कस्तो खाना खाने, औषधी कसरी लिने, घाउ-चोटपटकबाट कसरी बच्ने आदि सामान्य दैनिक गतिविधिबारे अभिभावक तथा शिक्षकवर्ग समवेदनशील एवं सचेत हुनर्ुपर्छ । मधुमेह रोगीले के-के गर्नु हु“दैन -  ििनयमित औषधी सेवन गरिरहेमा मधुमेहका रोगीको रगतमा ग्लुकोजको मात्रा ठिक्क र्-नर्मल) आउ“दैमा औषधी चिकित्सकको सल्लाहविना छाड्नु हु“दैन । औषधी सेवनले रगतमा ग्लुकोजको मात्रा नर्मल भएको बुझ्नर्ुपर्छ ।  ििनयमित औषधी सेवन गरिरहेका मधुमेहका रोगीले औषधी सेवन गरेर खाना खानचाहि“ छुटाउन हु“दैन ।  मिधुमेहका रोगीले सानो घाउ-चोटपटकबाट पनि बच्नर्ुपर्छ । यस्ता व्यक्तिमा सानो घाउ भए पनि चिकित्सकस“ग परामर्श लिनर्ुपर्छ ।  मिधुमेहका रोगीले लामो समयसम्म सवारीसाधन चलाउनु हु“दैन । लङड्राइभमा जानुपरेमा आराम गर्दै जानर्ुपर्छ र अर्को चालक साथीलाई लानर्ुपर्छ ।  मिधुमेहका रोगी धूमपानबाट टाढा बच्नर्ुपर्छ ।  मिधुमेह भएका महिलाले गर्भधारणपर्ूव चिकित्सकस“ग परामर्श लिनर्ुपर्छ र नियमित परीक्षण गरिरहनर्ुपर्छ । मधुमेहका रोगीले खानेकुरा तथा दैनिक गतिविधिमा धेरै नियन्त्रण गर्नुपर्छ । रोगीले चिनी हालेका परिकार, अन्न -भात, रोटी, आलु तथा तरुल र अन्य गुलियो खानेकुरामा) नियन्त्रण राख्नसके यसको खतराबाट बच्न सकिन्छ । यस्ता व्यक्तिले हरियो सागपात धेरै खानर्ुपर्छ । यसले भिटामिन र मिनरलको कमी हुन नदिनुका साथै ग्लुकोजको शोषणमा पनि कमी ल्याउ“छ । त्यस्तै यसका रोगीले शारीरिक व्यायामलाई नियमित गर्नुपर्छ । व्यायामले इन्सुलिनको प्रभावकारिता बढाउनुका साथै रगतमा ग्लुकोजको मात्रामा सन्तुलन ल्याउ“छ । अन्य मेटाबोलिक रक्तसञ्चार र मुटुका खतरामा कमी ल्याउने हुन्छ ।मधुमेहका रोगीका लागि विभिन्न किसिमका खाने औषधी पनि प्रयोग गर्नुपर्ने हुन्छ । रोगको किसिम रगतमा ग्लुकोजको मात्रा र रोगीको प्रकृतिका आधारमा औषधी छनोट गर्ने गरिन्छ । खाने औषधीले मधुमेहलाई नियन्त्रण गर्न नसकेको अवस्थामा इन्सुलिन र्सर्ुइ पनि प्रपोग गर्नुपर्ने हुनसक्छ । राम्ररी, नियमित, पर्ूण्ारूपले औषघी सेवन गरे मधुमेहबाट हुने खतराहरू जस्तै- मुटुको रोग -मायोकारडियल इन्फाक्सन एम आई, पक्षाघात स्ट्रोम), मृगौलाका समस्या, विभिन्न किसिमका क्यान्सर, विभिन्न किसिमको संक्रमण आदिबाट बच्न सकिन्छ । लेखक, मेची अञ्चल अस्पतालमा कार्यरत छन् । स्रोत:… कान्तिपुर दैनिक स्वास्थ्य यौन जानकारी 

'फेसबुक'को लत बसेको छ भने आजैबाट होसियार हुनुस् |

तपाईंलाई सामाजिक सञ्जाल 'फेसबुक'को लत बसेको छ भने आजैबाट होसियार हुनुस् । फेसबुकमा सधैं झुम्मिनुले तपाईंको स्मरण शक्तिलाई क्षति पुग्न सक्छ । यति मात्रै भए त हुन्थ्यो नि, तपाईंलाई यसको लतले हिन्दी चलचित्र गजनीको आमिर खान बनाउन सक्छ ।
फेसबुकमा तपाईं या आफ्ना साथीहरूको वालमा कुनै सन्देश पोस्ट गरिएको हेर्नुहुन्छ वा लाइक गर्नुहुन्छ भने अब सतर्क बन्नुस् । साथी वा कसैको वालमा कमेन्ट गर्दार् या ऊसँग छलफलमा जुट्दा तपाईंको स्वास्थ्यलाई हानि पुर्‍याउन सक्ने एक अध्ययनले देखाएको छ । आवश्यकभन्दा बढी फेसबुसक एक्सेस गरेमा तपाईंलाई 'सर्ट टर्म मेमोरी' मा क्षति हुने रोग लाग्न सक्छ ।स्टकहोमस्थित केटीएच रोयल इन्स्टिच्युट अफ टेक्नोलजीका इरिक भन्छन्, 'आजको 'इन्फरमेसन ओभरलोड' को युगमा अफलाइन हुनु स्वास्थ्यका लागि राम्रो हो । किनभने जब तपाईं सोसल मिडियाको एडिक्ट बन्नुहुन्छ, तब तपाईंले धेरै घटनाहरू हेर्न र पढ्न पाउनु हुन्छ । यसले हाम्रो मनमस्तिष्कमा गहिरो प्रभाव छाड्छ । फलस्वरूप हामीमा सम्झने शक्तिको क्षय हुन्छ, हामीलाई बिर्सने रोग लाग्न थाल्छ ।' फ्रानसेन थप्छन्, 'हाम्रो मस्तिष्कको त्यो भाग जसलाई 'वर्किङ मेमोरी' पनि भनिन्छ, घटनाहरूलाई कम समयसम्म मात्र सञ्चित गर्ने क्षमता यसमा हुन्छ ।
फेसबुकले यो क्षमतालाई कम गर्छ ।' उनका अनुसार वर्किङ मेमोरीकै कारण नै मानिसले कुराकानीका क्रममा आवश्यक विषयमा आफ्नो विचार प्रकट गर्ने गर्छन् । उनी भन्छन्, 'जब हामी आवश्यकभन्दा बढी सोसल मिडियाको प्रयोग गर्छौ , यसको इन्फर्मेसन हाम्रो सीमित वर्किङ मेमोरीमा आफ्नो ठाउँ बनाउँछ ।
उक्त मेमोरीले तीनदेखि चार कुराहरूमात्रै एक समयमा सञ्चित गरेर राख्न सक्छ । तर सोसल मिडियाको प्रयोगबाट मस्तिष्कको यो क्षेत्र 'इन्फर्मेसन ओभरलोड' को सिकार भएपछि हाम्रो स्मरण क्षमतामा ह्रास आउन थाल्छ ।.…………. स्रोत: कान्तिपुर दैनिक

Jhili-mili Jhili-mili (Bhaili Geet) – Tihar Song 2070 MP3


Smiley face


कहां छौ नि कान्छु एक्लै बाच्न सक्दीन दिलकी रानी जता छीन म नि उतै जान्छु Mp3


Smiley face


म तिम्रो आँखामा सझाउन कँहा योग्य छु र?



म तिम्रो आँखामा सझाउन कँहा योग्य छु र?
म तिम्रो आँशु बनी दिएको छु
तिम्रो कोमल मुटुमा म राख्न कँहा काबिल छु र?
त्यो मुटु मैले दुखाएको छु
बुझिन मैले तिम्रो माया
जब तिमी मसंग थियौं
जब महशुस गरें मैले
तर तिमी टाढा भैसक्यौ
याद आउँछ तिमीले भनेका कुराहरु
आज म एक्लो छु
पश्चातापमा जलिरहेछु म जलिरहेछु
प्रकृतिको लालीसंगै बिताएका
आँखा भित्रका काँडा बनी बिझिदिन्छ
याद आउँछ तिमीले भनेका कुराहरु
बुझिन मैले तिम्रो माया
जब तिमी मसंग थियौं
जब महशुस गरें मैले
तर तिमी टाढा भैसक्यौ
याद आउँछ तिमीले भनेका कुराहरु
आज म एक्लो छु
पश्चातापमा जलिरहेछु म जलिरहेछु
आज म एक्लो छु
पश्चातापमा जलिरहेछु म जलिरहेछु
आज म एक्लो छु
पश्चातापमा जलिरहेछु म जलिरहेछु