हुने खानेलाई सधैंभरि खिर भो जिन्दगी - गजल - Gazal Kopila

हुने खानेलाई सधैंभरि खिर भो जिन्दगी - गजल

Resham Bohora
हुने खानेलाई सधैंभरि खिर भो जिन्दगी
हुँदा खानेलाई रोटि पोल्ने झिर भो जिन्दगी
कसैलाई तरबार भयो कसैलाई दरवार
माझी दाइलाई त्रिसुलिको तीर भो जिन्दगी
दुखियालाई घोटीएर बाँच्नु पर्ने सधैँ
कैले सम्म मैदान कैले भिर भो जिन्दगी
फेरिन्छ नै भन्थे एकदिन गरिबको चोला
हातमुख जोर्न सधै यहाँ पिर भो जिन्दगी
काम- माम नपाएर इमान बेच्नु पर्दा
प्रवाशमा निहुरिएको शिर भो जिन्दगी

गजलकार
रेशम बोहोरा

धादिंग हाल बहराइन

Add your comment