एउटा सानो गाउमा दुई
जना प्रेमी,प्रेमिका-थिए ।
प्रेमीको नाम थियो सुमन र
प्रेमिकाको नाम थियो कालि ।*
अप्सोच
कालिको आँखाको रोसनि थिएन । यि दुई
प्रेमी,
प्रेमिका एक आपसमा धेरै
माया गर्थे ।
यति सम्म कि एक पल पनि छुटिएर
टाढा बस्न सक्दैन्थे ।
सुमन आफ्नो कालिको साह्रै ख्याल
गर्थो । याँहा सम्म कि कलिलाई खान
खुवाउने, नुहाइदिने, कपडालगाई दिने
ईत्यादि ।
एक दिन कालि आफ्नो प्रेमी सँग भनी
" सुमन म तिमीसँग विवाह गर्न
चाहान्छु, मलाई अरु केही पनि चाहिदैन ।
तिमी भए पुग्छ,
जिवन् भरी यसरी नैतिम्रो साथ पाए भने म हरेक
दु:ख, शुख
हासी हासी काट्नेछु ।
तिमी बिना म मेरो जिवनको कल्पना सम्म
गर्न
सक्दिन । तिमीनै
मेरो आँखाको रोसनि हौ ।"
यि सबै कुरा सुनेर सुमनको मन साह्रै
खुशी भयो, अनी भन्यो
" काली तिमी बाहेक
मेरो पनि यो संसारमा को नै छ र ?
तिमी नै हो मेरो आफ्नो भने
पनि पराई भने पनि ।
म पनि तिमी बिना एक पल
पनि जिउन सक्दिन, तिमीनै
हौ मेरो अतित, तिमी नै हौ मेरो बर्तमान
र
तिमी नै हुने
छौ मेरो भविष्य ।"
एक दिन अचानक कलिलाई
कसैबाट दुईवटा आँखा मिल्यो ।
आँखा खोली हेर्दा त
आफ्नो अगाडि एउटा अन्धो मान्छेलाई
देखि ,त्यो अन्धो मान्छे अरु
कोही नभैइ सुमननै थियो
कालि अचम्म मान्दै एकोहोरो टोलाएर
हेरी मात्रा रही ।
अनी सुमन भन्छ : बिहे गर्छौ म सँग कालि ?
कालि : सरी, सुमन म तिमीसँग बेहे गर्न
सक्दिन ।
तिमी त अन्धो पो रहेछौ ।
तिमीले मलाई कसरी पाल्न सक्छौ र?
यि सबै कुरा सुनेर सुमन को साह्रै चित्त
दु:खयो र आँखा भरी आसु पारेर
सानो कपिको पानामा
मेरी प्यारी मुटुको धडकन कालि
मिठो सम्झना
अनी न्यानो माया
कालि, तिमी जहाँ छौ, त्यही सधैं
खुशी हुनु ।
तिम्रो जीवनमा कहिल्यै पनि दु:खले
बास नगरोस । तिमी त म
बिना पनि बाँच्न सक्दिरहेछौ तर म
तिमी बिना बाँच्न
सक्दिन त्यसैले म यो संसारलाई छाडेर जादैछु र
अन्त्यमा मैले तिमीलाई उपहार
दिएको मेरा ति दुई आखाँको सधै जतन गर्नु
गुड बाई ।।
उहिँ तिम्रो सुमन