
चितवन,माघ
२३ । चितवनको खैरहनी गाविसको पर्सा बजारमा मंगलबार बिहान भएको बस
दुर्घटनामा १२ जना घाईते भएका छन् । पोखराबाट काकडभित्ताका लागी हिँडेको
मुनाल यातायातको मे १ख १०२५ नम्बरको बस पल्टीएको हो । घाईते मध्ये २ जनाको
अवस्था गम्भिर रहेको र उनिहरुको भरतपुरमा उपचार भैरहेको छ । बिहानी पख सडक
चिप्लो भएकाले टायर चिप्लीएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।